हिमालयन तामाङ युवा क्लवको सक्रियतामा सामुदायिक अस्पताल स्थापना गर्ने उद्देश्यका साथ बाकाचोल-८, झाँकृबास, खोटाङमा हाल भवन निर्माण कार्य सम्पन्न भएको छ ।
क्लवले विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग संकलन गरी भवन निर्माण गरेको हो । यस कार्यमा इको हिमाल, लोक नेपाल, नेपाल हेल्पिङ एजुकेशन फाउण्डेशन र मातृभूमी बाकाचोल सेवा समाजले सहयोग गरेको छ । यस्तै बाकाचोलका स्थानीय उपभोक्ताहरु, महिला समुह, युवा क्लव, सामुदायिक वन, खानेपानी सुधार समिति लगायतले पनि सहयोग गरेको छ । बाकाचोल स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्नुहुने तथा बाकाचोल गाविस र खोटाङ जिल्ला बाहेक सोलुखुम्बु जिल्ला लगायतका समाजसेवी, व्यवसायी तथा विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरिएको छ ।